आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘चाइनाको रेल’ लिएर आए सन्तोष लामा

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ३४२ पाठक संख्या

चैत्र ३  दोस्रो ‘नेपाली तारा’ चर्चित युवा गायक सन्तोष लामाको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत छ । सन्तोषले यसपटक केही फरक शैलीमा गीत एबम म्युजिक भिडियो तयार पारेका छन् । सन्तोषको चाइनाको रेलमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको साथमा, गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुप सवार छन् ।

सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् ।

गीतको भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ । नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस