आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द हुने

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ४०१ पाठक संख्या

चैत ३   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको विकास र प्रवर्द्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रण गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको बताएका छन् । विधेयकका विषयमा आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा उनले साइबर सुरक्षासँग जोडर विधेयक ल्याइएको स्पष्ट पारेका हुन् ।

प्रविधिको विकाससँगै विकृति आउने भएकाले व्यवस्थापनमा चुनौती भएकाे भन्दै मन्त्री बास्काेटाले विधेयकबाट कोही डराउनु नपर्ने बताए । उनले विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साइबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्थासहितका कयौँ विषय विधेयकमा समावेश भएको दाबी गरे । स्वतन्त्रताको कुरा गर्दा राष्ट्रिय दायित्व र भूमिका बिर्सन नहुने भन्दै उनले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे ।

मन्त्री बास्काेटाले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसँग जोडेर भ्रम फैलाउने काम नगर्न सचेत गराएका थिए । सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक भएको दुवैले आआफ्ना मूल्य मान्यता र मापदण्डभित्र बस्नुपर्ने तर्क राखे । विश्वव्यापी सञ्चालनमा आएका सामाजिक सञ्जालका कम्पनी नेपालमा दर्ता नभए के गर्ने भन्ने प्रश्न गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले स्वतन्त्रताको नाममा कर छल्ने काम गर्न सरकारले नदिने स्पष्ट पारे । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा छ ।

nayapatrika

प्रतिक्रिया दिनुहोस