आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभासदस्य साहद्वारा वास्तविक भुमिहिनलाई सहयोग गर्ने प्रतिवद्धता

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) २४५ पाठक संख्या

प्रदेश नं २   प्रदेश सभा सदस्य ज्वाला साहले  विशेष आर्थिक क्षेत्र सेजको  भौतिक पूर्वाधार निमार्णका क्रममा देखिएका  वास्तविक भूमिहिनलाई राज्यको तर्फवाट   व्यवस्थापन गर्न   सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ  ।

एस फाउन्डेशन अफ नेपालले आज सिमरामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य साहले सेज निमार्णका क्रममा सो क्षेत्रमा रहेका बास्तविक सुकुम्बासीको हकमा बैकल्पिक व्यवस्थापनको बाटो खोज्नुपर्ने टिप्पणी गर्नुभयो ।

पछिल्लो समय बिशेष आर्थिक क्षेत्र निमार्णका क्रममा   स्थानिय, प्रदेश र संघिय सरकारविच समन्वय  नहुदाँ  निमार्णमा अन्योलता कायम हुनुका साथै  मनमुटाव समेत बढ्दै गएको  टिप्पणी साहले गर्नुभएको छ ।

‘हामीले गम्भिरताका  साथ सोचेर व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अगाढी बढ्नुपर्ने बेला आएको’ छ साहले भन्नुभयो । ‘निमार्णधिन   क्षेत्रमा स्थानियसँग अन्र्तक्रिया कार्यक्रम र बेला बेलामा   भईरहेका कामको अनुगमन  गर्नु पनि त्यतिकै जरुरी छ ।’

हाल सेज निमार्णका क्रममा सबैभन्दा बढि डुमरवाना क्षेत्रमा समस्या देखिएको छ । नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको खोजी गरेर  सो क्षेत्रमा  रहेका वास्तविक सुकुम्बासीहरुलाई  व्यवस्थापन गर्न सकिने विकल्पको विषयमा समेत कार्यक्रममा छलफल शुरु भएको छ ।

पछिल्लो समय जितपुरसिमरा उपमहानगरपालिका कार्यपालिका बैठकले अन्तराष्ट्रिय विमानस्थाल क्षेत्रमा रहेका स्थानिय बासिन्दाको हकमा  अन्यत्र  सार्ने निर्णय  गरेको छ  । नगरपालिकाले  सोही प्रकृतीको निर्णय गरेर पनि सेज निमार्ण क्षेत्रभित्र  रहेका  स्थानियलाई अन्यत्र व्यवस्थापन गर्न सक्ने विकल्पको खोजी गर्न प्रदेश सभासदस्य साहले आग्रह गर्नुभएको छ ।

विशेष आर्थिक क्षेत्र सेज प्राधिकरण जीतपुरसिमरा उपमहानगरपालिका  वडा नं ४, १४, १५ र १६  को ८ सय ३३ बिगाहा क्षेत्रफल ओगटेको छ । हाल सो क्षेत्रमा  अस्थायी र स्थायी प्रकृतीका गरी  ५ सय  ३० घरधुरी रहेका छन् ।अहिले सजले आफ्नो क्षेत्रमा  भवनका साथ साथै अन्य भौतिक पूर्वाधार निमार्णको कामलाई  तिव्र गतिमा अगाढी बढाएको छ ।

कार्यक्रममा  बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सेज निमार्ण कार्य  मुलुकको प्रमुख प्राथमिकताको आयोजना र  निर्वाचित जनप्रतिनिधिका  लागि  ठुलो अभिभारा  भएकोले त्यसलाई पुरा गर्ने अवसरका रुपमा लिन सबैमा आग्रह गर्नुभएको छ ।
प्रजिअ पौडेलले सेज निमार्ण  क्रममा  प्रशासन मात्र  नभएर सम्वन्धित सबै निकायसँग छलफल अगाडी बढाएर  समन्वयकारी ढंगले अगाढी बढ्नुपर्ने टिप्पणी गर्नुभयो ।

‘स्थानियहरुलाई  सम्मानजनक ढंगले व्यवस्थापन गर्न  सबैभन्दा पहिला जीतपुरसिमरा उपमहानगरपालिको    तर्फवाट मोडालिटी के छ भन्ने प्रष्ट हुनुप¥यो’ प्रजिअ पौडेलले भन्नुभयो ‘मोडालिटी बिना नै सुरक्षा निकायलाई  मात्रै  अगाडी सारेमा त्यो अन्तिम विकल्प हुनसक्छ’ ।

प्रजिअ पौडेलले सेजको विषयमा  स्थानिय तहले के गर्ने हो भन्ने विषयमा नगरपालिकाको धारण के छ यस विषयमा नगरपालिकाले के गरिरहेको छ ? प्रष्ट धारण सार्वजनिक गर्न उहाँले माग गर्नुभएको छ ।

‘दोस्रो अन्तराष्टिय विमानस्थलको हकमा नगरपालिकाको  कार्यपालिका बैठकवाट निर्णय हुने तर सेज क्षेत्रभित्र बस्नेको हकमा निर्णय गर्नुपर्ने कि नपर्ने ? एकै प्रकृतीको समस्याको हकमा निर्णय लिन किन  ढिलो गर्ने ?’ अलि आक्रोशित शैलिमा प्रस्तुत हुनुभएका  प्रजिअ पौडेलले  ‘स्थानिय तहसँग यसलाई व्यवस्थापन गर्ने मोडालिटी के छ ? आयोजना क्षेत्रभित्र बसोबास गर्ने स्थानिय संख्या फरक फरक भयो ? व्यवस्थापन खोज्नुपर्ने मान्छेको संख्या के हो ? आधिकाररिक डाटा के हो? खोज ीगर्न माग गर्नुभएको छ ।

जीतपुरसिमरा उप महानगरपाकिलाकाकी उपप्रमुख  सरस्वती चौधरीले  सेज निमार्ण क्षेत्रमा घर हटाउने विषयमा देखिएको समस्यालाई  समाधानका लागि आयोजना प्रमुखले  कडाईका साथ लाग्नुपर्ने बताउनुभएको छ । उपप्रमुख  चौधरी सेज निमार्णका  क्रममा देखिएका समस्या समाधानमा परियोजना निकायले  ध्यान दिन नसकेको टिप्पणी  गर्नुभएको छ  ।

‘सेजको भौतिक पूर्वाधार निमार्णमा प्राधिकरणले  निर्वाह गनुपर्ने  भूमिका र कर्तव्यमा चुकेका छ यसलाई कसरी सफल ढंगले लान सकिन्छ छलफल चलाउन आवश्यक छ’ उपप्रमुख चौधरीले भन्नुभयो । ‘सेजमा कुन कुन उद्योग सञ्चालनमा आउछ ? स्थानियहरुलाई रोजगारीको कस्तो व्यवस्था छ ?’

कार्यक्रममा विशेष आर्थिक क्षेत्र सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले  सेजपरिसर भित्र बसोबास गर्दै आएका स्थानियहरुलाई घर टहरा हटाउन आग्रह गर्नुभएको छ ।

‘हामी उहाँहरुलाई ९३  बाहेकका अरु घरहरुलाई छोड्न आग्रह गदैछौ, गृह मन्त्रालयवाट २ पटक  लिखित रुपमा पत्र पठाईसकेको छ यो प्रक्रिया  छिट्टै अगाडी बढ्छ’ कार्यकारी प्रमुख भट्टले भन्नुभयो ‘पहिला हामीले स्वईच्छाले नै छोड्ने बातावरण सिर्जना

बनाउछौ, यदि भएन भने प्रशासन लगाएर पनि  हटाउनुपर्नेछ’ कार्यकारी प्रमुख भट्टले भन्नुभयो ‘अहिलेको हाम्रो टट्कारो  समस्या भनेको त्यहाँको जग्गा अधिक्रमण हो, अव सेज सञ्चालनको नजिकमा रहेकोले  सम्वन्धित निकायसँग सहकार्य र छलफल गर्दै जाने भएकोले घर जग्गा  तत्काल छाड्न हामी आग्रह गर्दछौ’

पछिल्लो समय विशेष आर्थिक क्षेत्र सेजले आफ्नो क्षेत्रभित्र बसोबास गर्दै आएका  स्थानियहरुलाई घर जग्गगा खाली गरिदिन दुईपटक सुचना जारी गरिसकेको छ ।  निर्देशक भट्टले निमार्ण कार्यमा पटक पटक अवरोध हुदाँ   लगानीको वातावरण  सुनश्चित नहुने र  उद्योगीहरु आउन नखोज्ने  भन्दै  सेजको  निमार्णका क्रममा देखिएका अवरोध  नगरिदिन स्थानियहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, नेकपा केन्द्रिय सदस्य दिनेश राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । भने जनप्रतिनिधिहरुले  सेज निमार्ण  क्रममा देखिएका समस्याहरु  समाधानका लागि पहल  गर्न आयोजना प्रमुखलाई  आग्रह गर्नुभएको छ ।

सो   कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सभासद् जयराम दहाल,  जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत  शिवराज सेढाई, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण ग्रैरे, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक  (एसपी) सानुराम भट्टराई, शसस्त्रका प्रमुख एसपी प्रकाश थापा, राष्टिय अनुसन्धान कार्यालय बाराका प्रमुख बिमल घिमिरे,

नेकपा प्रदेश कमिटिका सदस्यहरु अनिल श्रेष्ठ, गिता कडेल, राजन पौडेल औधोगिक सुरक्षा वल औराहाका प्रमुख गौतम कुँवर, राष्ट्रिय अनुसन्धान प्रहरी निरीक्षक दिपक चौधरी, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख  सुभाष हमाल लषयतको उपस्थिती रहेकधो थियो ।

प्रतिक्रिया दिनुहोस