आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

होली पर्व सभ्य ढंगले मनाउन जिल्ला प्रहरीद्वारा सर्वसाधारणमा अनुरोध

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ४१७ पाठक संख्या

जिल्ला प्रहरी कार्यालय (जिप्रका)  बाराले तराईवासीहरुको महान् पर्व होलीलाई सभ्य ढंगले मनाउन सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय होली पर्वका नाममा बृकिती  बढ्दै गएको भन्दै   जिप्रका बाराले विज्ञप्ती मार्फत  होली पर्वलाई सभ्य र मर्यादित ढंगले मनाउन जिल्लावासीमा अनुरोध गरेको हो  ।

 

तराईमा  यस वर्ष विहिवार (चैत ७ गते) होली पर्वका लागि सरकारले सार्वजनिक बिदा दिएको छ । रंगहरुको पर्व मानिने यस पर्वलाई अन्य प्रदेशको तुलनामा प्रदेश नं २ का  सर्वसाधारणले भव्य रुपमा मनाउने गर्दछन् ।

 

तराईमा होली  पर्व शुरु हुन सातादिन अघि देखि नै  पर्वका नाममा जबरजस्ती रंग लगाईदिने , मदिरा सेवन गरेर होहल्ला मच्चाउने, मदिरा सेवनगरी तिव्रगतिमा सवारी साधन चलाउने प्रवृती बढदै गएको  छ ।

 

जिप्रका बाराले सार्वजनिक गरेको सुचनालाई अटेर गरेर  पर्वका नाममा   जबरजस्ती  दुषित पानी र रंग लगाईदिने , मदिरा सेवन गरी होहल्ला मच्चाउने,  असुरक्षित ढंगले तिव्र गतिमा सवारी साधन चलाउने, बटुवाहरुलाई  जबरजस्ती गर्नेलाई कानुनी  कारवाहि गर्ने चेतावनी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराईले पर्वका नाममा गलत काम गर्नेलाई कानुनी कारावाहीको दायरमा ल्याउने जनाउनुभएको छ । ‘होलीको  दिन हामीले दिनभर जिल्लाभर ठाँउ ठाँउमा मापसे चेकजाँच गर्ने कार्यक्रम राखेका छौं, यदि कसैले हामीले सार्वजनिक गरेको सुचना विरुद्ध गएर पर्वका नाममा गलत काम गर्छ त्यो कारवाहीको भागिदार हुन्छ ’ प्रहरी प्रमुख एसपी भटट्राईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस