आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘भद्रगोल’ले रच्यो नयाँ किर्तिमान

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ३६१ पाठक संख्या

 चैत्र ४   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ले नयाँ किर्तिमान बनाएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृंखलाले युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिने नेपाली भिडियोको किर्तिमान बनाएको हो । ‘भद्रगोल’को २ सय २ औं भागले यस्तो किर्तिमान बनाएको हो । यो भागलाई २४ घण्टामा १० लाखभन्दा बढीपटक युट्युबमा हेरिएको थियो । अहिलेसम्म नेपालबाट सार्वजनिक कुनै पनि भिडियोलाई युट्युबमा २४ घण्टामै १० लाख भन्दा धेरैपटक हेरिएको थिएन ।

‘भद्रगोल’ले हरेक साता आफूलाई अब्बल बनाउँदै नेपालको ट्रेन्डिङमा पर्दै आएको छ । हरेक श्रृंखला नै पहिलो नम्बर ट्रेन्डिङमा परेपछि ‘भद्रगोल’ टीम यतिबेला हौसिएको छ । ‘भद्रगोल’को यो अंकमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा शिशिर भण्डारीको अतिथी भूमिका छ ।

प्रतिक्रिया दिनुहोस