आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सावन्त बने गोवाका नयाँ मुख्यमन्त्री

AuthorAP Khabar२०७५ चैत्र ५, मंगलबार (५ साल अघि) २७७ पाठक संख्या

चैत ५   भारतको गोवा राज्यमा विधानसभाका सभामुख प्रमोद सावन्तले मुख्यमन्त्रीको शपथ लिएका छन्।  ४५ वर्षीय सावन्तसहित ११ मन्त्रीले पनि सोमबार मध्यरातमा शपथ ग्रहण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुईजना नयाँ र आठ मन्त्री भने परिकरको कार्यकालका मन्त्री  छन्।

गोवाका मुख्यमन्त्री मनोहर परिकरको ६३ वर्षको उमेरमा निधन भएपछि सावन्तलाई मुख्यमन्त्री बनाइएको हो। क्यान्सर पीडित परिकरको निधन गत आइतबार गोवास्थित आफ्नै निवासमा भएको थियो। उनको निधनपछि गोवाको सबैभन्दा ठूलो दल भारतीय कंग्रेस आईलाई गर्भनरले पत्र पठाए पनि उसले सरकार बनाउन अस्वीकार गरेपछि भाजपालाई सरकार बनाउन प्रस्ताव गरिएको थियो।

४० सिट रहेको गोवाको विधानसभामा कांग्रेसको १४ र भाजपाका १२ सांसद रहेका छन् भने अन्य साना दलका ६ सांसद रहेका छन्। त्यस्तै स्वतन्त्र सांसद तीन रहेकोमा सबै सांसदको समर्थन भाजपालाई छ।

प्रतिक्रिया दिनुहोस