आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिशूलीमा ट्रक खस्यो, एकको मृत्यु, चार घाइते

AuthorAP Khabar२०७५ चैत्र ५, मंगलबार (५ साल अघि) २८६ पाठक संख्या

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित गैरी खोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

आज विहान ७ः१५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक सडकबाट करिव ६०/७० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो । उनको सनाखत भएको छैन् ।

यस्तै घाईते चार जनाको उद्धार गरी भरतपुर ल्याईएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेहुनेहरुमा ट्रक चालक चितवनको माडी नगरपालिका–१ बस्ने वर्ष ४० का संजय कुमार महतो, भारतको मोतिहारी बस्ने वर्ष २८ का अनुवर मियाँ, चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने वर्ष १७ की प्रमिला गुरुङ र सोही स्थानकी १७ वर्षीया कञ्चन गुरुङ रहेका छन् । उनीहरु सबैको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस