आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालद्वारा माल्दिभ्स पराजित

AuthorAP Khabar२०७५ कार्तिक ८, बिहिबार (५ साल अघि) ५५५ पाठक संख्या

काठमाडौ, कात्तिक ८ : नेपालले साफ यु १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सलाइ पराजित गर्दै विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४/० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे । सुरुवातदेखि नै माल्दिभ्समाथि हावी भएको नेपालले खेलको २८ औं मिनेटमा अग्रता लियो । नेपालका खेलाडीलाई माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जान लिम्बुले पेनाल्टीलाई सुदपयोग गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
यसैगरी खेलको ३८ औं मिनेटमा नेपालका नमस थापामगरले गोल गर्दै दोब्बर अग्रता दिलाए । एकपछि अर्को आक्रमक शैली अपनाएको नेपालले पहिलो हाफमा २ गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । नेपालका लागि सशांक बोहराले खेलको ६३ औं मिनेटमा गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए ।

त्यसको ७ मिनेट पछि अर्थात खेलको ७० औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई ४÷० गोलको अग्रतामा र्पुयाए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल नेपालले ४/० गोलले जितेको हो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २/१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेको छ । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बि मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

 

(अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस