आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हथियार सहित नेपाल प्रवेश गर्ने ३ भारतीय बीरगंजमा पक्राउ ।

AuthorAP Khabar२०७५ कार्तिक ९, शुक्रबार (५ साल अघि) ४७५ पाठक संख्या

बीरगन्ज, कार्तिक ९ : बीरगन्ज नाकाबाट स्कार्पियो गाडीमा हतियार सहित नेपाल प्रवेश गर्ने क्रममा तीनजना भारतिय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भंसार गेट अगाडी भारतिय गाडी इन्ट्रीहुने ठाउमा सशस्त्र प्रहरी नायब निरिक्षक अम्बीरनाथ न्यौपानेको टोलीले शुक्रवार साझ बीआर ०५ पीए ६१७७ नम्बरको स्कार्पियोलाई चेकजांच गर्दा मेड इन इन्डीया लेखेको पिष्टन र गोली सहित सिमावर्ती विहारको पूर्वी चम्पारण रमगढवा निवासी अवधविहारी प्रसाद , उनका सहयोगी उमेशप्रसाद गुप्ता तथा गाडी चालक ओमप्रकाश पासवान पक्राउ परेका हुन ।

उनीहरुको साथबाट नाईन एमएमको पिष्टल एक थान , दुइवटा मैग्जीन र ८ राउण्ड गोली बरामद भएको भंसार राजश्व गस्तीका सशस्त्र प्रहरी निरिक्षक पद्म खड्काले बताउनु भयो ।

हतियार सहित तीनै जना भारतिय नागरिक र गाडीलाई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस