आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नितन्तपुरमा भएको आगलागीमा भरत साहको घर पुर्ण रुपमा जलेर नष्ट

AuthorAP Khabar२०७५ कार्तिक १०, शनिबार (५ साल अघि) ६५७ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १० : जीतपुरसिमरा उपमहानगरपालिका १० नितन्पुर टोलमा शुक्रवार राती आगलागि हुदाँ लाखौँको धनमाल जलेर नष्ट भएको छ । शुक्रवार करिब १० बजेको सयममा आगो लागेको हो ।
नितन्पुर १० बस्ने भरत साहको घरमा आगलागि भएको हो । आगलागिमा साह बस्ने घर पुर्ण रुपमा जलेर नष्ट भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सरोज कुमार राउतले जानकारी दिनुभएको छ । उहाँले तिन ओटा बाख्रा समेत जलेर नष्ट भएको जानकारी दिनुभयो ।
खाना पकाउने चु्ल्होबाट आगो सल्कीएर आगलागि भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । आगलागिमा परेर साहको घर रेखदेख गर्न बसेका हेरालु ध्रुपत पासवानपनि घाइते भएका छन् । घरमा आगो लागेपछि पासवान चौपाया निकाल्न जाँदा जलेर घाईते भएको ईलाका प्रहरी कार्यलय जीतपुरका प्रहरी नायब निरिक्षक रामउदय राउत शर्माले जानकारी दिनुभयो ।
आगलागिलाई जीतपुरसिमरा उपमहानगरपालिकाको वरुण यन्त्र, ईलाका प्रहरी कार्यालय र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस