आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमती बलात्कार गर्ने तीन वर्ष जेल

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) २४१ पाठक संख्या

जिल्ला अदालत उदयपुले पहिलो पटक वैवाहिक बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसाला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले ४५ वर्षीय पुरुषले ३८ वर्षीय श्रीमतीलाई जबर्जस्ती गरेको ठहर गरेको हो ।

७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने उनले सफाइ पाएका छन् । श्रीमतीको सहमतिबिना यौनसम्बन्ध राखेको प्रमाण जुटेपछि अभियुक्तलाई दण्डित गरिएको अदालतका स्रेस्तेदार राजकुमार आर्चाले बताए ।मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा ४ मा व्यवस्था भएबमोजिम कैद गर्न व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस