आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल एयरलाइन्सले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) ४८१ पाठक संख्या

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले केहि समय भित्र जापानको ओसामामा उडान भर्ने भएको छ ।

निगमले जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको र तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने जनाएको हाे । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने बताएको छ ।

निगमले बताएअनुसार कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महीनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने छ। जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ ।

उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र ९एओसी० पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो ।

ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करीब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस