आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रपत्रिकामा आजः चार वर्ष लगाएर बनाएको पुल भत्काउने तयारी

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) २८१ पाठक संख्या

 चैत्र १३  राजधानीबाट प्रकाशित अखबारहरुले फरक–फरक प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् ।

मंगलबार जनतासमाचार डटकमले चन्द समूहका कार्यकर्ता पक्राउ गर्न ७ राउण्ड हवाइ फायर गरेको समाचार, विदेशी प्रभावमा हिन्दुधर्म समाप्त गर्न पाइन्छ भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिप्रश्न गर्नुभएको अन्न्तर्वार्ता र देशविदेशका समसामयिक प्रसङ्गलाई प्राथमिकताका साथ छापेको थियो ।

कान्तिपुर दैनिकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका समूहका २१ जना प्रक्राउ परेको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । समाचारमा प्रहरीसँगको गोली हानाहानमा ‘अछाम इन्चार्ज’ घाइते भएको उल्लेख छ । अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको समाचारलाई पनि कान्तिपुरले प्राथमिकताका साथ प्रकाशित गरेको छ । यस्तै लगानी सम्मेलनमा उर्जा क्षेत्रमा मात्रै १२ साढे १२ अर्ब जुटाउने नेपाल सरकारको योजना रहेको प्रसङ्गलाई पनि पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ । त्यसैगरी वडाले निशुल्क ट्युसन राख्न थालेपछि पढाइप्रति विद्यार्थीहरुको रुची बढ्न थालेको सिरहाको समाचार पनि कान्तिुरले छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘चार वर्ष लगाएर बनाएको पुल भत्काउने तयारी’ शीर्षकमा समाचार छापेको छ । समाचारमा विभिन्न स्थानका पुलहरुको लथालिङ्ग अवस्थाको बारेमा लेखिएको छ । कालिमाटी टेकु पुलको १३ करोड ९२ लाख पप्पु कन्स्ट्रकक्सनले लगिसकेता पनि पुलबाट सवारी हिडाउँन नमिल्ने कमजोर बनेको बताइएको छ । यस्तै उता नुवाकोटमा सांसद बहादुरसिंह लामाको कम्पनीले ठेक्का लिएर बनाएको पुलको फर्मा हावाले उडाएको छ भने यता तिनकुने–मीनभवन पुल पनि परीक्षणमै रहेको समाचार नयाँ पत्रिकाले पहिलो पृष्ठमा लेखेको छ । यस्तै देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेदेखि दतीन महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । पीच मर्मतका लागि भन्दै विमानस्थल बन्द गर्न लागिएको हो । यस्तै मन्त्री लालबाबु पण्डित र पूर्वमन्त्री विजयकुमार गच्छदारले आ–आफ्नो क्षेत्रमा सिंहदरबार क्षेत्रमा थन्किएर रहेको १५–१५ वटा गाडीहरु आफ्नो निर्वाचन क्षेत्रमा पठाएका छन् ।

नागरिक दैनिकले ‘अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन’ शीर्षकमा समाचार छापेको छ । समाचारमा अख्तियारका पूर्वप्रमुख आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रसङ्ग उल्लेख गरेको छ । मेलम्ची खानेपानी आयोजना, नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद, निजी मेडिकलद्वारा विद्यार्थीसँग बढी शुल्क असुली, नेपाल ट्रस्टको जग्गा भाडा, अकुत सम्पति आर्जन लगायतमाथि विशेष छानबिन भइरहेको छ । यस्तै सुमार्गीको पैसा रोक्का प्रकरण सम्बन्धी समाचारमा बैंकहरुले ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’ भनेर व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र सर्वोच्चमा पठाएको समाचार पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ । त्यसैगरी सुर्खेतमा मापदण्ड बिपरितका क्रसर बन्द भएको समाचार पनि आजको नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘भत्ताको व्यथा’ शीर्षकमा ठूलो तस्बिरसहितको कभर स्टोरी छापेको छ । स्टोरीमा ज्येष्ठ नागरिकहरुले बैंकमार्फत भत्ता वितरण गर्दा आफूहरुलाई सास्ती हुनेगरेको दुखेसो पोखेका छन् । पत्रिकामा छापिएको तस्बिरमा वृद्धवृद्धा लाइनमा बसेको देखिएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्तविरुद्ध मुद्दा दर्ता गरेको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा प्राथमिकता दिएको छ । त्यसैगरी पर्यटा विभागले हिमाल आरोहण अनुमति जारी गर्न थालेको चौथो दिनमै चार करोड राजस्व संकलन गरेको समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

‘प्रदेशले सडक निर्माण गर्न नसके केन्द्रले नै बनाउने’ शीर्षकमा कारोबार दैनिकमा समाचार छ । समाचारमा ७२ हजार किलोमिटर सडक बनाउने जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको र १५ हजार किलोमिटर सडक बनाउने जिम्मा संघले आफूमा राखेको प्रसङ्ग उल्लेख छ । यस्तै द्रुतमार्गमा अब ९० वटा पुल र तीनवटा सुरुङ बन्ने कुरा पनि पत्रिकाको पहिलो पृष्ठमा छ । त्यसैगरी नेपालको १ सय ५५ देशसँग व्यापार घाटा रहेको र २९ मुलुकसँगमात्र नाफा रहेको समाचार पनि कारोबारले छापेको छ । नेपाल लगानी सम्मेलनमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ५ खर्ब ६३ अर्ब लगानी गर्ने नेपालको योजना रहेको समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस