आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेनाप्रमुखले गरे राष्ट्रपति हटाउन माग

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) २७६ पाठक संख्या

 चैत्र १३  अल्जेरियाका सेनाप्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनुपर्ने बताएका छन्।

एक टेलिभिजन सम्बोधनमार्फत् लेफ्टिनेन्ट जनरल अहमद गइद सलाह्ले देशमा उत्पन्न सङ्कटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्नु नभए राष्टपतिले राजिनामा दिनुपर्ने बताए ।

तर उनकाे अभिव्यक्ति विपक्षी दलहरूले आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन आग्रह गरेका छन् ।

८२ वर्षीय राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि देशमा त्यहाँ अहिलेसम्मकै ठूला प्रदर्शनहरु भएका छन् ।

पहिल्यै तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नगरिएकाले पनि धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन्। अल्जेरियालीहरूको जनसङ्ख्या उल्लेख्य रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएका थिए

janta samachar

प्रतिक्रिया दिनुहोस