आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइपीएल क्रिकेटः चेन्नाइको लगातार दोश्रो जित

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) ३५६ पाठक संख्या

चैत्र १३   इंडियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत हिजो भएको आफ्नो दोश्रो खेलमा चेन्नाई सूपरकिंगले जित निकालेको छ । मंगलबार बेलुकी दिल्लीको फिरोज शाह कोटला क्रिकेट मैदानमा भएको खेलमा घरेलु टीम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाइले खेल आफ्नो पक्षमा पारेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ५१, पृश्वी शाहले २४, श्रेयस ऐयरले १८, रिसव पन्तले २६ र राहुल टेवाटियाले ११ रन बनाए ।

१ सय ४८ रनको विजयीलक्ष्यसहित मैदान प्रवेश गरेको चेन्नाइले २ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य हाँसिल गर्यो । चेन्नाइका लागि सेन वाट्सनले सर्वाधिक ४४, सुरेश रैनाले ३०, केदार जाधवले २७ र महेन्द्रसिंह धोनीले ३२ रन बनाए । खेलको प्लेयर अफ द म्याच चेन्नाइका सेन वाट्सन घोषित भए ।

आइपीएल अन्र्तगत आज कोलकत्ता नाइटराइडर्स र किंग्स इलावेन पञ्जावबीचको खेल हुनेछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे इडन गार्डे स्टेडियम कोलकत्तामा हुँदैछ । पञ्जाब र कोलकत्ता दुवैले आफ्नो पहिलो खेलमा जित हात पारेका थिए । पञ्जाबले पहिलो खेलमा राजस्थानलाई १४ रनले पराजित गरेको थियो भने कोलकत्ताले सनसाइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस