आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको मोदीको घोषणा

AuthorAP Khabar२०७५ चैत्र १३, बुधबार (५ साल अघि) ३२६ पाठक संख्या

१३ चैत  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्वोधन गर्दै भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् । उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरे ।

सम्वोधनमा मोदीले भने, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’

उनले अन्तरिक्षमा ३०० किलोमिटर टाढा लो-अर्बिट स्याटेलाइटलाई खसाएको पनि बताएका छन् । मोदीका अनुसार यो एउटा पूर्वनिर्धारित लक्ष्य थियो र तीन मिनेटभित्र सफल भएको थियो ।

उनले आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिएका छन् । ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशकेा विकासमा योगदान दिइरहेका छन्,’ उनले भने ।

online khabar

प्रतिक्रिया दिनुहोस