आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा एसईईको प्रश्नपत्र बाहिरिएकाे आशंका

AuthorAP Khabar२०७५ चैत्र १४, बिहिबार (५ साल अघि) २३६ पाठक संख्या

 चैत्र १४  माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएकाे छ ।

सदरमुकाम क्षेत्रबाटै प्रश्नपत्र बाहिरिएको हुनसक्ने आशंका छ । राती ११ बजे नै प्रश्नपत्र बाहिरिएको हुनसक्ने हाम्रा संवाददाता विद्यानन्द रामले जानकारी दिनुभयो । घटनाबारे अहिलेसम्म पुष्टि भइसकेकाे छैन । आज विज्ञान विषयको परीक्षा हो ।

प्रश्नपत्र नियमित अथवा आंशिक तर्फको आउट भएको भन्नेबारे भने अहिलेसम्म पक्का भएको छैन ।

यसबारे बुझ्न हाम्रा संवाददता जिल्ला प्रशासन कार्यालय गएका थिए । प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी परीक्षा केन्द्रहरुको निरीक्षणमा गएको जानकारी आएपछि पत्रकारहरुको एक टोली परीक्षा केन्द्रतर्फ गएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस