आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हराएको २६ दिनपछि कोशी नदीमा भेटियो रमिलाको शव

AuthorAP Khabar२०७५ चैत्र १४, बिहिबार (५ साल अघि) ४८८ पाठक संख्या

चैत्र १४  बेलबारी नगरपालिकाका व्यवसायी योगेन्द्र गुरुङले हत्या गरेर कोशी नदीमा फालेको बेलबारी ८ निवासी २६ वर्षीया रमिला राईको शव प्रहरीले २६ दिनपछि बुधबार फेला पारेको छ ।

हातखुटा बाँधेर बोरामा हालेको अवस्थामा शव कोशी नदीमा फेला परेको इप्रका बेलबारीका प्रहरी निरीक्षक प्रेम राईले बताए । शव देखेको सूचना प्रहरीले पाएपछि स्थानीय माझी युवाहरुको सहयोगमा नदीबाट शव निकालिएको हो । नयाँ पत्रिकामा समाचार छ ।

पूर्व पतिसँग सम्बन्ध बिच्छेद गरेर बेलबारीस्थित माइती घर बस्दै आएकी प्रमिला १७ फागुन साँझदेखि हराएकी थिइन् । प्रेमीका रमिलाको हत्या गरेर कोशीमा फालेको बयान गुरुङले प्रहरीलाई दिएपछि बेलबारी प्रहरीले शव खोजी गरिरहेको थियो ।

janta samachar

प्रतिक्रिया दिनुहोस