आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा नगरपालिका बढि विकास कम

AuthorAP Khabar२०७५ कार्तिक ११, आईतबार (५ साल अघि) ३५६ पाठक संख्या

अखिलेश यादव
रौतहट, कार्तिक ११ : रौतहटको चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकामा पर्ने बाल्चनपुर देखी जंगलसैया सडक खण्ड धुल्लामे भएको कारण त्यस ठाउँका स्थानियहरुले सास्ती खेप्नु परेको छ । सबै भन्दा बढि नगरपालिका भएको रौतहटको विकास नहुदाँ यस जिल्लाका स्थानियहरु यस्तो समस्या खेप्नु परेको हो ।
बाल्चनपुर देखी जंगलसैया सडक खण्ड कालोपत्रे गर्नका लागी ग्रेडर गरेपछि थप काम अगाड िनबढेको जस्का कारण सो बाटोमा अत्याधिक धुलो उडेको हो । सडक छेउछाउका घरहरु धुलाम्मे भएका छन । धुलोका कारण यस क्षेत्रमा बसोबास गर्ने मानिसको स्वास्थ्यमा समेत समस्या आउन थालेको छ ।
करीव १० किलो मिटर लामो सडक खण्डमा उठेको धुलो कारण यस सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल तथा पैदल यात्रुहरु धुलोमा नै हराउने गरेका छन । सडक निमार्ण कम्पनीले समय समयमा पानी नछरेकाले यस्तो समस्या आएको स्थानियबासीको भनाइ छ । धुलोका कारण बाटो नदेख्दा बेलाबेलामा साइकल, मोटरसाइकल दुर्घटना समेत हुने गरेको छ ।
विकास निर्माणका लागि यस जिल्लाका स्थानिय तहहरुमा करोडौं बजेट आएपनि त्यसको सहि सदुपयोग नभएपछि यस जिल्लाको विकास निर्माण पछि परेको र यहाँका स्थानियले समस्या भोग्नुपरेको स्थानियहरुले आरोप लगाएका छन् ।
यो सडक एउटा नमुना मात्रै हो । यस जिल्ला अधिकाशं सडकका साथै अन्य विकासको काममा पनि संबन्धित निकायले कुनै चासो नदिएको स्थानियहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस