आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घर भत्किँदा श्रीमान श्रीमती घाइते, श्रीमानकाे अवस्था गम्भीर

AuthorAP Khabar२०७५ चैत्र १४, बिहिबार (५ साल अघि) ३५१ पाठक संख्या

जुम्लामा घर भत्किँदा श्रीमान श्रीमती घाइते भएका छन् । जिल्लाको गुठिचौर गाउँपालिका ५ धिता बाख्रेचौरमा निर्माणाधीन दुई तले घर भत्किँदा दुई जना घाइते भएका हुन्।

स्याउको बगैँचामा रहेको निर्माणाधीन दुई तले घर भत्किँदा चन्दननाथ नगरपालिका ५ का ५१ वर्षीय रत्नराज गिरी र उनकी श्रीमती ४९ वर्षीया हरीदेवी घाइते भएका हुन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको छ ।प्रतिष्ठानका डा पूजन रोकायाका अनुसार रत्नराजको अवस्था गम्भीर छ। हरिदेवीको अवस्था सामान्य रहेको छ । उनीहरुलाई स्थानीय र प्रहरीको सयोगमा उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस