आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिल्ड्रेन पिस पार्क एण्ड रिट्रिट सेन्टर निर्माण गर्न ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रद्धारा अन्तरकृया

AuthorAP Khabar२०७५ चैत्र १४, बिहिबार (५ साल अघि) ३७१ पाठक संख्या

एपी खबर

जीतपुर, चैत्र १४ :  प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साहले विभिन्न तनावबाट मुक्त हुन प्रकृतीको काखमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र अदर्शनगर पिलुवाद्धारा आयोवीत चिल्ड्रेन पिस पार्क एण्ड रिट्रिट सेन्टर निर्माण विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश सभा सदस्य साहले पर्यटकीय क्षेत्रको रुपमा विकास हुदैँ गएको यस क्षेत्रमा चिल्ड्रेन पिस पार्क एण्ड रिट्रिट सेन्टर निर्माणले पर्यटन ब्यवसायलाई थप उर्जा प्रदान गर्ने बताउदै आआफ्नो स्थानबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

उहाँले ब्रह्माकुमारी राजयोगले यस अभियानलाई अगाडी बढाएको प्रती चासो ब्यक्त गर्दै हाल ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र अदर्शनगर पिलुवाले संरक्षण गरी राखेको बन क्षेत्रमा यसलाई निर्माण गर्दा लाग्ने कानुनी जटिलतालाई खुलाउने प्रयास समेत गर्ने जानकारी गराउनुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पारस साहले राजयोगले माउन्टटाबु मरुभुमी भएपनि त्यहाँ पर्यटनको संभावना राम्रो बनाउन सफल भएको बताउदै अब नेपालको यस क्षेत्रलाई त्यस्तो पर्यटनको क्षेत्रको रुपमा विकास गर्न आफ्नो सक्दो पहल हुने जानकारी दिनुभयो । उहाँले हिमाल, पहाड, बन र तराईको संगम रहेको यस स्वर्ग भुमीलाई चिनाउन नसकेकोले अब यस अभियानमा सबैलाई लाग्न आग्रह समेत गर्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विरगंजका मुख्य संचालक राजयोगीनी रविना दिदिको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शा।दाशंकर प्रसाद, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, डिभिजन बन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाई लगाएतको सहभागिता रहेको थियो ।

अन्तरकृया कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र अदर्शनगर पिलुवाले विगत १५ वर्षदेखि बाझो रहेको बनको जगगालाई संरक्षण गरेर राखेको जानकारी गाराउदै सबैको सहमतीमा त्यस स्थानमा चिल्ड्रेन पिस पार्क एण्ड रिट्रिट सेन्टर निर्माण गर्ने मास्टर प्लान पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस