आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको एसईई परीक्षा स्थगित, राष्ट्रिय परीक्षा बोर्डको आकस्मिक बैठक बस्दै

AuthorAP Khabar२०७५ चैत्र १५, शुक्रबार (५ साल अघि) ६८४ पाठक संख्या

आज एसईईको सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को समाजिक विषयको परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बाेर्डका परीक्षा नियन्त्रण बिष्णु अधिकारीका अनुसार प्रदेश नं २ को नियमित तर्फको परीक्षा स्थगित गरिएको छ । प्रदेश नं २ मा पनि प्राविधिक र ग्रेडवृद्धि. परीक्षा भने सञ्चालन हुने उहाँको भनाइ छ ।

प्रश्नपत्र आउट हुनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बाेर्डले अब परीक्षा कहिले गर्ने र यस्ता घटना हुन नदिन कसरी सतर्कता अपनाउने भन्नेबारेमा छलफल हुन लागेको बताउनुभयो ।

बिहिबार पनि प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएपछि विज्ञान संकायको परीक्षा रद्द भएको थियो । सो परीक्षा अब २२ गते गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस