आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लगानी आव्हान

AuthorAP Khabar२०७५ चैत्र १५, शुक्रबार (५ साल अघि) २४० पाठक संख्या

चैत्र १५  अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न आव्हान गर्नुभएको छ । ‘नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाे छ’ सम्मेलनमा सहभागीलाई स्वागत गर्दै उहाँले भन्नुभयो, ‘मुलुकमा संघीयता कार्यान्वयन भइसकेको छ । लगानीको लागि उपयुक्त वातावरण बनेको छ । विभिन्न क्षेत्रमा लगानी गर्नुस् । यहाँहरुको लगानी सुरक्षित हुनेछ ।’

अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको अन्त्य भएको तथा लगानीका दृष्टिले प्रशस्त संभावना बोकेको मुलुक भएकाकाे उल्लेख गर्दै निर्रधक्कसँग लगानी गर्न आग्रह गर्नुभयो । सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजना नै प्रस्ताव गरिएको तथा सरकारी नीजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पुर्वाधार निर्माण, औद्योगिकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धि हासिल संगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको र त्यही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउदै लगिएको स्पष्ट पार्नुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस