आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन बिरामीहरु वीरगंज धाउनुपर्ने बाध्यता

AuthorAP Khabar२०७५ चैत्र १६, शनिबार (५ साल अघि) २६७ पाठक संख्या

१६ चैत्र  पर्सा जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीहरु वीरगंज धाउनुपर्ने बाध्यता रहेको छ ।

अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामी सदरमुकाम स्थित वीरगंजका विभिन्न अस्पतालहरुमा सामान्य रोगका उपचारका लागि पनि आउनु पर्ने बाध्यता रहेको गुनासो ग्रामिण क्षेत्रका वासिन्दाहरु गरेका छन । सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हँुदा पनि स्वास्थ्यचौकीमा उपचार नहुँदा बिरामीलाई वीरगंज ल्याउनु पर्ने बाध्यता रहेको पर्सा पटेर्वासुगौलीका विनोद साहले बताउनु भयो ।

स्वास्थ्यचौकीमा औषधी भएता पनि औषधी दिने मान्छे नभएको कारण समस्या परेको ग्रामिण क्षेत्रका बासिन्दाहरुले बताएका छन् । स्थानिय तहमा जनप्रतिनिधिहरुले स्वास्थ्य चौकीमा नियमित स्वास्थ्यकर्मी बस्ने नबस्ने गरेको सम्बन्धमा अनुगमन नगर्दा समस्या उत्पन्न भएको स्थानिय वासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस