आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा आईतवार साझ आएको विनाशकारी हावाहुरीमा २७ को मृत्यू , दर्जनौं घाईते

AuthorAP Khabar२०७५ चैत्र १८, सोमबार (५ साल अघि) ५६१ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र १७ : आईतवार साँझ करिब सात बजेको समयमा आएको विनाशकारी हावाहुरीमा परि बारामा २७ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढि घाईते भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा हावाहुरीका कारण घरमा रुख ढलेको, बिद्युतिय पोल ढलेको र घर भत्केर घरमा पुरिएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनुभएको छ ।

उहाँले फेंटा गाउँपालिका वडा नं.६ पुरैनिया र वडा नं.१ भलुहिभरवलियामा गरी २७ जनाको मृत्यू भएको पुष्टि भएको भट्टराईले जानकाी दिनुभएको छ । यस घटनामा मृत्यू हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन , भने पर्साको विभिन्न स्थानमा गरी ४ सय भन्दाबढि घाईते भएको र उनीहरुको बिरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र गण्डक हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ग्रामिण क्षेत्रमा आएको विनाशकारी हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।
हुरीका कारण आपतमा परेकाहरुको नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयवासी एक जुट भएर उद्दार कार्यमा लागेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस