आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा

AuthorAP Khabar२०७५ चैत्र १८, सोमबार (५ साल अघि) २९३ पाठक संख्या

प्रधानमन्त्री केपी ओली सोमबार हावाहुरी प्रभावित क्षेत्रमा पुग्नु भएको छ । दुई दिनेको लागि आइतबार झापा र मोरङतर्फ जानु भएका प्रधानमन्त्री बारा र पर्सामा हावाहुरीले धनजनको ठूलो क्षति पुर्याएपछि त्यहाँको भ्रमण स्थगित गरी यता आउनु भएको हो ।

प्रधानमन्त्री झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमा आउनु भएको छ । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हावाहुरी प्रभावित क्षेत्र आउनु भएको छ ।गृहमन्त्री थापाले हावाहुरीबाट अहिलेसम्म २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिनुभयो । मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस