आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ग्यास सिलिण्डर पड्किँदा ४ घाइते

AuthorAP Khabar२०७५ चैत्र १८, सोमबार (५ साल अघि) ३६१ पाठक संख्या

 चैत्र १८  हरिपुर नगरपालिकामा ग्यास सिलिण्डर पड्किँदा ४ घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ९ स्थित पिडारी बजारमा चन्देश्वर साहको मासु पसलमा राखिएको ग्यास सिलिण्डर सोमबार बिहान पड्किएको हो ।

बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले खुश्वु फर्निचर उद्योग हुँदै साहको मासु पसलसम्म पुगेकाे थियो । पसलमा आगलागी भएपछि ग्यास सिलिण्डर पड्किएको हो ।

सिलिण्डर पडकिँदा नगरपालिका वडा ९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका वडा १ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाइतेको वीरगञ्जमा उपचार भइरहेको छ ।

आगलागीबाट फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर जलेरको छ । त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस