आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रचण्डद्वारा हावाहुरीबाट क्षतिप्रति दुःख व्यक्त

AuthorAP Khabar२०७५ चैत्र १८, सोमबार (५ साल अघि) २५९ पाठक संख्या

 चैत्र १८  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले हावाहुरीबाट ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा घरबारविहीनलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट ३२ जनाको मृत्यु र ४ सय भन्दा बढी घाइते भएका छन्।

janta samachar

प्रतिक्रिया दिनुहोस