आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रभावित क्षेत्रमा आपतकालिन स्थापना केन्द्र

AuthorAP Khabar२०७५ चैत्र १९, मंगलबार (५ साल अघि) २०३ पाठक संख्या

 चैत्र १९  आइतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ सय ४ घाइतेमध्ये ३ सय ४४ जनाको पर्साका विभिन्न अस्पताल, ४२ जनाको बाराको कलैया अस्पताल, १० जनाको काठमाडौंस्थित शिक्षण अस्पताल र अन्यको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । मृतकमा १३ पुरुष, १२ महिला र लिंग नखुलेका दुई छन्। ती मध्ये २३ नेपाली र चार भारतीय रहेको प्रहरीले जनाएको छ ।

यसैक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रभावित बासीन्दालाई मध्यनजर गरेर आपतकालिन स्थापना केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रमा हुन सक्ने महामारी, स्वास्थ्य सेवा, लत्ता कपडा, खाद्ययान्न लागायतको प्रबन्धका लागि आपतकालिन स्थापना केन्द्र सञ्चालन गरिने भएको हो ।

विपद् प्रतिकार्य पूर्वतयारी तथा प्रतिकार्य प्रकृयालाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन राष्ट्रिय आपतकालीन केन्द्र कार्यसञ्चालन विधि, २०७२ कार्यान्वयनमा ल्याईएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस