आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आत्मनिर्भर बन्दै उपल्लो डोल्पाका महिला

AuthorAP Khabar२०७५ चैत्र २०, बुधबार (५ साल अघि) २१६ पाठक संख्या

 चैत २० उपल्लो डोल्पाका महिलाहरु आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेका छन् । शे–फोक्सुण्डो गाउँपालिका ६ का महिलाहरु भेडाबाट उत्पादित ऊनका झोला, पटुका, गलैचालगायतका सामाग्रीहरु बुन्ने तालिम लिएपछि आत्मनिर्भरको बाटोमा अगाडि बढेका हुन् ।

घरेलु तथा साना उद्योेग विकास कार्यालय र गाउँपालिकाको समन्वयमा तीन महिने सिकाईबुनाई तालिम लिएर स्थानीयस्तरमा उत्पादित ऊनबाट झोला, राडीपाखी, पटुका बुनेर व्यापार ब्यावसाय सुरु गरेको स्थानीय रिन्चेन साङमो गुरुङ्गले बताइन् ‘पहिला हामीलाई यस सम्बन्धि कुनै ज्ञान थिएन, चुलोचौकोमा मात्र सिमित थियौ, सिपमुलक तालिमले आत्मनिर्भर बनाएको छ’ उनले भनिन् । ‘बुनेका सामाग्रीहरु घरैबाट बिक्री हुन थालेपछि कमाई पनि राम्रै भएको छ, श्रीमान्को कमाइमा निर्भर हुनुपर्ने स्थिती हटेको छ ।’

उत्पादित सामाग्री बिक्री वितरणको लागि स्थानीय तहले बजार ब्यवस्थापन गरे उपल्लो डोल्पाका महिलाहरुको आयआर्जनमा थप टेवापुग्ने स्थानीय पेमा बुटी लामाले बताइन् ।

तालिमको माध्यमबाट महिलाको आत्मनिर्भर बनाउन र स्थानीय उत्पादन बढाउनमा मदत पुग्ने भएकाले तालिम प्रदान गरिएको शे–फोक्सुण्डो गाउँपालिका ४ का वडाअध्यक्ष पेम्बा वाङछेन गुरुङ्गले बताए ।

पटक–पटक सिपमुलक तालिम प्रदान गरेर बेरोजगार स्थानीयलाई रोजगारीको अवसर सिर्जनागर्ने गाउँपालिकाको उद्देश्य रहेको उनको भनाई छ ।

naya patrika

प्रतिक्रिया दिनुहोस