आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरी पीडितलाई कर्णाली कांग्रेसबाट ४२ हजार

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (४ साल अघि) ३०६ पाठक संख्या

चैत्र २१ नेपाली कांग्रेस कर्णालीले बारा र पर्साका आँधी तथा हावाहुरी पीडितलाई को राहत रकम संकलन गरेको छ ।

कांग्रेस संसदीय दलले संकलित ४२ हजार ४ सय ६६ रुपैयाँ प्रदेश २ मुख्यमन्त्री राहत कोषमा बुधबार जम्मा गरेको छ ।

कर्णाली प्रदेशको प्रतिपक्ष दलका संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले पाउने पारिश्रमिकको ७ दिन बराबर ११ हजार ६ सय ६६, सचेतक हिमबहादुर शाहीले ४ दिन बराबर ६ हजार ४ सय, सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले ४ दिन बराबर ६ हजार ४ सय, प्रदेश सभा सदस्य यज्ञबहादुर बिसीले ६ हजार, झोवा विकले ६ हजार र अमृता शाहीबाट ६ हजार रकम संकलन गरेर जम्मा गरिएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस