आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हामीले दैनिक कति पिउने पानी ?

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (५ साल अघि) २९८ पाठक संख्या

 चैत २१  पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने समस्या हुन्छ । यस्तो अवस्था लामो समयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुन सक्छ ।

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । त्यस्तै, स्किन एलर्जी र छाला रातो हुनेलगायत छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।

त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । एकैपटक बढी पानी पिउने गर्नुहुँदैन । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउन उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस