आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीडीएमए नेटवर्क बन्द हुने

AuthorAP Khabar२०७५ चैत्र २२, शुक्रबार (५ साल अघि) ५६८ पाठक संख्या

 चैत्र २२  सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।

समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भन्नुभयो, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको हो।’

यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको अर्याल बताउनुहुन्छ । समाचार अन्नपूर्ण पाेस्ट् दैनिकले प्रकाशित गरेकाे छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस