आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरी प्रभावित क्षेत्रका १२ परिक्षार्थी एसईई परिक्षामा सामेल

AuthorAP Khabar२०७५ चैत्र २२, शुक्रबार (५ साल अघि) १९२ पाठक संख्या

 चैत २२  हावाहुरी प्रभावित क्षेत्रका १२ बालबालिका आजबाट पुनः संचालीत एसईई परिक्षामा सहभागी भएका छन् । प्रभावित क्षेत्रको फेटा र प्रसौनी गाउँपालिकाबाट ३ छात्रासहित १२ जनालाई सहज रुपमा परिक्षामा सहभागि भएका हुन् । उनीहरुलाई सहज बातावरणमा परिक्षामा सहभागि गराउने ब्यवस्था मिलाईएको जिल्ला शिक्षा समन्वय कार्यालय बाराका अधिकृत अशोक रौनीयारले जानकारी दिए ।

ती परिक्षार्थीहरुलाई परिक्षामा सहभागि हुने, बस्ने खाने सबै प्रबन्धक मिलाईएकाले कुनै समस्या नरहेको रौनियारको भनाई छ । कतीपयको बस्ने घर पूर्ण रुपमा ध्वस्त भएको अवस्था छ भने कतीपयको घरमा सामान्य क्षती पुगेको अवस्था छ ।
तर पनी विद्युत अवरुद्ध भएका कारण आँधीको प्रभाव रहे नरहेका कतीपय क्षेत्रहरुका परिक्षार्थीहरुलाई समेत परिक्षाको तयारीमा समस्या छ ।

प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । आज बिहान ८ बजेदेखि सुरु भएको विज्ञान विषयको परीक्षा  सम्पन्न भएको छ । चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

परिक्षामा बारामा जिल्लाका ७ हजार ९ सय १५ परिक्षार्थी सामेल हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस