आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमै पहिलोपटक ‘टोर्नाडो’

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (४ साल अघि) ५५८ पाठक संख्या

 चैत्र २३ गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको हावाहुरीको नाम ‘टोर्नाडो’ भएको वैज्ञानिकहरुले जनाएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि गर्नुभएको हो । सेन्टिनियल नामको भूउपग्रहले हावाहुरीका बेला नेपालको बारा, पर्सामा १० मिटर उचाईबाट खिचेका तस्बिरको अध्ययन पश्चात् ‘टोर्नाडो’ आएको पुष्टि भएको मौसमविद् श्रेष्ठले जानकारी दिनुयभो ।

भू–उपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दो ‘टोनार्ड’ ले छोएको संरचना बिगार्दै आनो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । आफू हिड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिएको समेत जानकारी दिनुभयो ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्विरमा प्रस्ट देखिएको र अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका पनि बताउनु भयो । तर औपचारिक पुष्टिसहित सार्वजनिक गर्न भने अझै केही दिन लाग्ने नाष्टले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस