आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईमा दुर्घटना, २ जनाको मृत्यु

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (४ साल अघि) २५१ पाठक संख्या

२३ चैत   यूएई । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो ।  परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।

निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको अनलाइनखबरलाई जानकारी दिए ।

जोतीलालका अनुसार,  उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए।

अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।

सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

online khabar

प्रतिक्रिया दिनुहोस