आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

द्धवन्द चर्काउने गरी संविधान संसोधन नहुने रक्षा मन्त्रि पोखरेल

AuthorAP Khabar२०७५ कार्तिक १७, शनिबार (५ साल अघि) ५५७ पाठक संख्या

AP संवादाता
कलैया, कार्तिक १७ : रक्षा मन्त्री ईश्वर पोखरेलले संविधानको विषय निश्चित भए संविधान सम्सोधन गर्न सकिने बताउनुभएको छ । बाराको कलैयामा जिल्ला पार्टि कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा गडबडि भए त्यसलाई संसोधन गर्न सकिने तर द्धवन्द्ध चर्काउने गरी संसोधन गर्न नसकिने बताउनुभएको छ ।
मधेशको लाईफ लाईनको रुपमा रहेको हुलाकी सडक एमालेको सरकार भएको बेला सम्झौता भएको र अब नेकपाको सरकारको पालामा यस हुलाकी सडकको कामलाई द्रुत गतिमा अगाडी बढाउन सरकारले कदम चाल्ने दाबी गर्नुभयो । साथै उहाँले सडक निर्माणमा हुने कुनैपनि अवरोधलाई सरकारले समाधान गर्ने जानकारी दिनुभयो ।
रक्षा मन्त्री पोखरेलले तराई मधेसका २० जिल्लामा रहेको जिल्ला सदरमुकामको विकासलागि सरकारले एक जिल्लामा ५० करोड बजेट विनियोजति गरेको बताउदैँ मधेशको सुरक्षालाई थप प्रबल बनाउन राज्य गम्भिर भएलागेको जानकारी गराउनुभयो ।
यसैगरी बारा जिल्ला औधोगिक जिल्लाको रुपमा चिनिने भएकोले यो जिल्ला प्रदेश नम्बर २ कै प्रमुखद्धार रहेको नेकपा प्रदेश २ का ईन्र्चाज सतनारायण मण्डलले बताउनुभएको छ । उहाँले मधेशी गठबन्धनले मधेसका जनतालाई भडकाउने फोडने बाहेक अरु केहि नगरेको आरोप समेत लगाउनुभएको छ ।
यता देशको खाद्यान प्रदेश २ ले ८० प्रतिशत पुरा गरिरहेको थियो तर मधेश आन्दोलनले गर्दा देश धेरै पछाडि परेको नेपाल कम्युनिष्ट पार्टी २ नम्वर प्रदेशका समयोजक प्रभु साहले जनाएका छन । सवभन्दा बढि २ नम्वर प्रदेशमा १४ वटा मन्त्रालय भए पनि २ नम्वर प्रदेशमा मधेशी पार्टी आफ्नो आर्थिक जिवन मात्र उकासेको तर जनताको विकास नै नगरेको आरोप साहले लगाउनुभएको छ ।
बलविर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य अच्युत मैनाली, प्रदेश सभा सदस्य महमद समिर, ज्वाला साह, क्षेत्रबहादुर श्रेष्ठ (अनिल), प्रमुख जिल्ला अधिकारी गणेश भटराई, प्रहरी उपरिक्षक सानुराम भटराई, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरपमुख डा. कृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस