कारको ठक्करबाट वृद्धको मृत्यु

घटना क्रम समाचार

चैत्र २३ सर्लाहीको बरहथवामा जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ ।

श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को.२ च २१० नम्बरको जीपले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका रामलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न जीप प्रहरी नियन्त्रणमा रहेको भएपनि चालक फरार भएको प्रहरीले जनाएको छ ।

janta samachar

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *