आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिम्मा जसलाई पाएपनी आषाढ़ मशान्त भित्रै घर बनाई सक्नुपर्छ: युवा नेता आलम

AuthorAP Khabar२०७५ चैत्र २३, शनिबार (५ साल अघि) ३९६ पाठक संख्या

चैत्र २३   १७ गते आएको विनाशकारी आँधी हुरि बाट बारा जिल्लाको चैनपुर, खुटुवा, भलुहि भरवलिया, विन्वलिया, पुरैनिया, हरदिया, पशरामपुर र तेलकुवा जस्ता गाउहरुका हजारौ घर-टहराहरु भग्नावशेषमा परिणत हुन पुगेका थिए।

त्यसको भोली बाट नै उद्धार, राहत बितरण, भग्नावशेष सरसफाई तथा अस्थायी बसोबास निर्माण कार्यमा युवा संघ नेपालले श्रमदान गर्दै आएको छ। चैनपुर एरिया कमांडर ई. मोबिन आलम संग कुराकानी हुदा, चैनपुरमा अहिले सम्म १३ वटा भग्नावशेषहरुको सरसफाई भएको र ७ वटा अस्थायी बसोबासका घरहरु निर्माण गरिएको जानकारी दिएका थिए।

विभिन्न संघ संस्थाहरुका माध्यम बाट आईरहेको राहत सामाग्री पीड़ितहरुका लागी सकरात्मक कुरा भएपनि एक दुवार प्रणाली नीति अपनाई बितरण गरे अनि मात्रै आवश्यक पीड़ितहरु कहा समानुपातिक ढङ्गले राहत पुग्ने र आउने तीन महीना भित्र मै बरसात सुरु हुने भएको ले, घर टहरा निर्माण गर्न नेपाली सेनाले जिम्मा पाउँन अथवा अरु जसले जिम्मा पाएपनी बढ़ीमा आषाढ़ मशान्त भित्रै घर-टहराहरु निर्माण गरी सक्नु पर्छ भनि सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस