आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१ सय ७ किलो गाँजा सहित अमलेखगञ्जबाट एकजना पक्राउ

AuthorAP Khabar२०७५ कार्तिक १७, शनिबार (५ साल अघि) ४३९ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १७  : ईलाका प्रहरी कार्यालय सिमरा अन्तरगत रहेको अमलेखगञ्ज प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौँडाबाट बिरगजंतर्फ आईरहेको ना ४ च ३८७५ नम्बरको पिकअप भ्यानमा तरकारीको क्यारेटभित्र लुकाएर ल्याउँदै गरेको १ सय ७ किलो गाँजा सहित बाराको फत्तेपुरका बिकेश कुमार सिंहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
राती एक बजेको समयमा जीतपुरसिमरा उपमाहानगरपालीका˗२१, अमलेखगञ्ज अन्तर्गतको मुख्य सडकमा चेकजाँचका क्रममा सो परिमाणमा प्रहरीले गाँजा बरामत गरेको हो ।
गाँजा सहित पक्राउ परेका भ्यानका चालकलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस