आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘टोर्नाडो’ को नेपाली नाम खोजिँदै

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (४ साल अघि) २७१ पाठक संख्या

 चैत्र २४  नेपालको बारा, पर्सामा आएको ‘टार्नाडो’ नेपाली नाम राख्न विज्ञहरु बहसमा जुटेका छन् । भुमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण र स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको हो ।

सोहीअनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरु नामकरणमा जुटेका हुन् ।

वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भन्नुभयो, ‘बारा पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ । ’
सेन्टिनिअल रिजोलुसनमा खिचेको तस्बिरको अध्ययनपश्चात नेपालमा र्टार्नाडो आएको पुष्टि मौसमविद्ले गरेको थिए । समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस