आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) २९२ पाठक संख्या

चैत्र २४   प्रधानमन्त्री केपी ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराउनु भयो । आईतबार सिंहदरबारमा बसेको गरिबी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी पनि दिनु भयो । कोषका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताउनु भएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिनु भयो ।

कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताउनु भयो ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस