आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरू राजीनामा दिने मुडमा

AuthorAP Khabar२०७५ चैत्र २५, सोमबार (५ साल अघि) २४२ पाठक संख्या

चैत २५  पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।भूकम्पमा धेरै क्षति भएका ३२ वटा जिल्लामा कार्यरत इन्जिनियरहरुले आफूहरुलाई दिइदैँ आएको भत्ता निरन्तर रुपमा दिइनुपर्ने माग गरेका छन् । ठाउँ हेरेर ३५ देखि ७५ प्रतिशतसम्म भत्ता पाउँदै आएका उनीहरुले असारबाट भत्ता पाएका छैनन् ।

नेपाल पुननिर्माण प्राधिकरणसँग गत १३ गते भएको सम्झौता कार्यान्वयन गर्न प्राधिकरण तयार नभएकाले सामूहिक राजीनामा दिने तयारी गरेको प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिकी उपाध्यक्ष विद्या बरालले बताउनुभयो ।‘निकै पर्खदा पनि सरकारले हाम्रा माग नसुनेकाले सामूहिक राजीनामा दिन नामावली संकलन गरिरहेका छौं’ बरालले भन्नुभयो ।

पुननिर्माण प्राधिकरणका सिइओ सुशीलकुमार ज्ञवाली र आन्दोलनरत समूहबीच भएको सहमतिमा आन्दोलनको माग सम्बोधन गर्न प्राधिकरण तयार भएको उल्लेख छ । प्राधिकरणले फेरि यस्तो प्रकारको आन्दोलन गर्ने अवस्था आउन नदिने समेत सहमतिमा हस्ताक्षर गरेको छ । प्राधिकरणअन्तर्गत झण्डै ४ हजार इन्जिनियरहरु करारमा कार्यरत छन् । सहमति गराउन नेपाल इन्जिनियरिङ एसोसियसनको पनि पहल रहेको थियो ।गंगा बरालले नेपाल समाचार पत्रमा खबर लेखेकिछिन् ।

प्रतिक्रिया दिनुहोस