आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उद्योगमैत्री वातावरण बनाउन उपराष्ट्रपतिकाे ध्यानाकर्षण

AuthorAP Khabar२०७५ चैत्र २५, सोमबार (५ साल अघि) ३०५ पाठक संख्या

चैत्र २५   उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण बनाउन नसकेकै कारण मुलुक पछि परेको स्पष्ट पार्नु भयो ।

उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पनि स्मरण गराउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन पनि उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने आवश्यक्ता औंल्याउनु भयो ।

कार्यक्रममा नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गर्नु भयो । उहाँले दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको स्पष्ट पार्नु भयो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गर्नु भयो । उहाँले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरी, ग्रील तथा स्टील व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, जनता टेलिभिजनका क्यामरापर्सन शैलेन्द्रगोविन्द अमात्यसहित विभिन्न प्रभुत्व व्यक्तित्वहरु र संचारकर्मीलाई सम्मान गरिएको थियो । संस्थाले अमात्यको देनको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस