आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गैंडाको आक्रमणबाट पर्यटकसहित २ घाइते

AuthorAP Khabar२०७५ चैत्र २५, सोमबार (५ साल अघि) ४३२ पाठक संख्या

चैत्र २५   गैंडाको आक्रमणबाट पर्यटकसहित २ जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रस्थित दूधौरामा सोमबार बिहान गैँडाले पर्यटकलाई आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो घाइते भएको गेम स्काउट दीपक कुमालले बताए ।
कुमालका अनुसार घाइते मध्ये एकम्यानसको अवस्था गम्भीर छ । महतो भने खतरामुक्त छन् ।

डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो । घटना लगत्तै निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी, पथ प्रदर्शक उद्धारका लागि पुगेका थिए ।

janta samachar

प्रतिक्रिया दिनुहोस