आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा नेपाल फेरी सडक संघर्ष गर्ने

AuthorAP Khabar२०७५ कार्तिक २३, शुक्रबार (५ साल अघि) ५७७ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २३ : राजपा नेपाल बाराका प्रबक्ता अरुण सिहंले विज्ञाप्ती जारी गर्दै छठ पछि संघिय सरकारलाई दिएको समर्थन फिर्ता लिन राजपा नेपालले तैयारी तिब्र पारेको सार्वजनिक गर्नुभएको छ । शुक्रवार जारी गरीएको विज्ञप्तीमा बहुमतको संघिय सरकारले मधेशको मुद्धालाई सम्बोधन नगरेकोले छठ पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाईएको छ ।
पटक पटक उधारोमा सहमती गर्ने तर सम्बोधन नगर्ने प्रबृतिका कारण सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागीएको र अब हुने सहमती उधारो नहुने गरी अगाडी बढ्ने राजपाको तैयारी रहेको छ । साथै छठ पश्चात फेरीपनि सडक संघर्षमा राजपा उत्रने विज्ञप्तीमा उल्लेख गरीएको छ ।
केहि दिन पहिले विभिन्न संचार माध्यममा राजपा नेपाल र संघिय समाजवादि फोरम दुबै मधेश आन्दोलनको मर्मलाई विर्सेर सरकारमा गएको समाचार आएको प्रति ध्यानाकर्षण भएको र हालको बहुमतको सरकारले मधेशको माग संबोधन नगरे फेरपिनि आन्दोलनमा जाने तैयारी गरेको पार्टिको तैयारी रहेको राजपा नेपाल बाराका प्रबक्ता अरुण सिहंद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस