आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुरघटनामा ३ को मृत्यु २ जना घाईते

AuthorAP Khabar२०७५ कार्तिक २४, शनिबार (५ साल अघि) ६१३ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २४ : बाराको निजगढ नगरपालिका ७ भवरा पुलमा गएराती १ बजे भएको दुरघटनामा ३ को मृत्यु भएको छ भने २ जना घाईते भएका छन । चपुरबाट निजगढ अउदै गरेको बा २ ज २११७ नम्बरको टयाक्सीलाई पथलैयाबाट चपुर जाने ग २ च २३२५ नम्बरको बोलेरो पिक्पले ठक्कर दिदा सो दुरघटना भएको हो ।
घटनामा टयाक्सीमा सवार ५ जना मध्ये तिन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा निजगढ नपा ७ बस्ने २५ बर्षीय बिशाल माझी, सोहि स्थानका २५ वर्षीय तिलक माझी र भक्तपुर निवासी २८ वर्षका समुन्द्र श्रेष्ठ रहेको छन । भने दुरघटनामा घाईतेहरुको उपचार चितवन मेडिकल कलेज भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
तिब्र गतिका कारण भएको दुरघटना भएको र पिक्पको चालक फरार रहेको ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरिक्षक विकास बमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस