आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामापुन हावाहुरी , घरका छाना उडाए ,विजुलीको पोल ढले , एस.ई.ई सामान्य प्रभावित

AuthorAP Khabar२०७५ चैत्र २६, मंगलबार (५ साल अघि) ५९४ पाठक संख्या

२६ चैत  २९ जनाको ज्यान जाने गरी हावाहुरी आएको दश दिन मैं बारा पर्सामा मंगलवार बिहान पुन ः असिना पानी सहिँत हुरी आएको छ ।

हावाहुरीले एस.ई.ई परिक्षाका साथै जनजिवन प्रभावित भएको छ । असिना–पानी सहिँत आधा घण्टा सम्म आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिका , करैयामाई गाउँपालिका पनि प्रभावित भएको हो ।
करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोष्ट , मधुवनको छानो उडाएको छ । छानो उडाए पनि प्रहरीहरु सुरक्षित रहेका छन् ।

हुरीले उपमहानगरपालिकाको गहुँ , मकै , तरकारी , फलफुल लगायतका बालीमा क्षेति पु¥याउँनुका साथै सिमरा एफ.एमको टावर समेत ढालेको एफ.एमका प्रबन्धक सत्यप्रकाश श्रोष्ठले बताए ।
कति पय स्थानहरुमा हावाहुरी सहिँत आएको पानीले सडक जलमग्न भएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ , भने केही बिजुलिका पोल समेत ढलेका छन् । पोल ढल्दा विद्युत तथा ईन्टरनेटका लाईनहरु अवरुद्ध छन् ।

यस्तै सिमरामा रहेको अल्पाईन गार्मेटमा पनि हावाहुरीले क्षती पु¥याएको छ । गार्मेन्टको भान्साघरको जस्ताको छानो माथि अर्को घरको पर्खाल खस्दा भान्छा घर पूर्ण रुपमा क्षेति भएको छ ।

हुरीले एस.ई.ई परिक्षा समेत प्रभावित भएको प्रहरीले जनाएको छ । आधा घण्टा सम्म आएको असिना पानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराएर एस.ई.ई परिक्षा सम्पन्न गरिएको थियो ।
यस अघि बाराको फेंटा गाउँपालिका लगायतका स्थानहरुमा हावाहुरी जाँदा २९ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहाँको अवस्था सामान्य रहेको फेंटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस