आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुन्डाको निहुमा जग्गा धनि कुटिए

AuthorAP Khabar२०७५ कार्तिक २४, शनिबार (५ साल अघि) ४७५ पाठक संख्या

AP संवादाता

कलैया, कार्तिक २४ : बाराको कलैया उपमहानगरपालिका ९ रामपुरमा हुन्डाको निहुमा जग्गा धनि कुटिएका छन् । शनिवार आफ्नो जग्गाको हुन्डा माग्न गएका जगा धनिलाई खेत जोत्दै आएका समुहले कुटपिट गरेका छन् ।
कलैया उपमहानगरपालिका वडनं ९ का सलिम अन्सारीको अढाई विघा जग्गाको हुन्डा वापतको धान वा पैसा माग्न जाँदा सलिमका पक्षधर उमरफारुक अन्सारी र परवेज आलम अन्सारीलाई कुटपिट खेती गर्दै आएका समुहले हुन्डा नदिने भनी कुटपिट गरेको वडा नं ९ का वडा अध्यक्ष डा. अख्तर अन्सारीले जानकारी दिनुभएको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरी पीडक पक्षलाई आवश्यक कारावहीको लागि माग गरेका छन् ।
शनिवार विहान ८ बजेको समयमा कलैया–९ पर्ने रामपुरस्थित मखतममा सोही स्थानको खेत जोत्ने अब्दुलहकिम अन्सारी, अब्दुरसमर अन्सारी, फिरोज आलम अन्सारी,अफ्रोज आमल अन्सारी, यासिर अन्सारी लगायतले मिलेर जग्गा धनी पक्षलाई कुटपिट गरेको जानकारी वडा अध्यक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस