आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनसेलबाट तीन महिनाभित्र कर उठाउन सर्वोच्चको आदेश

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २७८ पाठक संख्या

चैत्र २७    सर्वोच्च अदालतले एनसेल खरिद–बिक्रीको लाभकर तीन महिनाभित्र असुल गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । करको दायित्व निर्वाह नगरेसम्म एनसेलको लाभांश वितरण र सेयर बिक्रीको अनुमति रोक्न पनि सर्वोच्चले भनेको छ ।

गत २३ माघमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कर असुली गर्न परमादेशमार्फत दिएको आदेशको सर्वोच्चले मंगलबार पूर्णपाठ सर्वाजनिक गरेको हो । ‘करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्रीको अनुमति नदिनू–नदिलाउनू भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’ फैसलामा भनिएका छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस